इरानसँग ४–० ले पराजित हुँदै नेपाल बाहिरियाे

काठमाडौँ– एएफसी यु–१९ च्यापिम्पयनसिप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ।

इरानको तेहरानस्थित पिएएस रङ्गशालामा भएको खेलमा नेपाल इरानसँग ४–० गोलले पराजित भएको हो। पराजयसँग नेपाल प्रतियाेगिताबाट बाहिरिएकाे छ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकाे नेपालले दास्राे हाफमा चार गाेल खाएकाे हाे।

छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ४–० गोलअन्तरले पराजित भएको थियो। त्यस्तै इरानले भने आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो।

शुक्रबार नै भएको अर्को खेलमा किर्गीस्तानले युएईलाई २–० गोलले पराजित गरेको छ।

कार्तिक २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्