चामलको राजनीतिले शैक्षिक अवस्था सुधार भएन

सिमकोट – हुम्ला जिल्लाबाट प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले हुम्लामा अहिले पनि चामलको राजनीति नहट्नुमा शिक्षाको कमी कारक रहेको बताएका छन् ।

शुक्रबार सिमकोटमा आयोजित शिक्षा सम्बन्धी कार्यक्रममा ढुवानी अनुदानको खाद्यान्न आपूर्तिमा टेवा पुग्ने किसिमले पठनपाठन भएकाले जिल्लाको शिक्षामा सुधार आउन नसकेको उनीहरुले बताएका छ । जिल्लामा शिक्षालाई अनुदान अपेक्षीको साटो समयानुकुल बनाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

विज्ञापन

जिल्लामै उत्पादन हुने र हुँदै आएका सामग्रीहरु प्रति विद्यार्थीलाई आकर्षित गराउनु पर्ने र चामलको साटो प्राविधिक शिक्षामा जोड दिइनु पर्ने पूर्व मन्त्री एवम कर्णाली प्रदेशसभामा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताए ।

शिक्षाको अवस्था सुधार नहुनुमा राजनीतिक तहमा नै गल्ती भएको स्वीकार गर्दै उनले अब आइन्दा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा विकास तथा समन्वय इकाई हुम्लाले आयोजना गरेको चालु आर्थिक वर्षको कार्र्यक्रमबारे अभिमुखीकरण कार्यक्रममा नेता शाहीले अब स्थानीय उत्पादनमुखी प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताए । यसका लागि स्थानीय सरकार सक्रिय हुनु पर्ने उनको भनाई छ ।

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्