जहाँ छ विश्वकै अग्लो त्रिशूल
फोटो फिचर
फोटो फिचर
दाङ – घोराही उपमहानगरपालिका, धारापानीमा रहेको पाण्डवेश्वर महावदेव मन्दिरको माथिल्लो भागमा छ, निकै अग्लो त्रिशूल। त्रिशूलको उचाई ५५.५ फिट, गोलाई ४४ इन्च । यो विश्वकै अग्लो त्रिशूल हो ।
घोराहीबजारबाट झण्डै आधा घण्टा दक्षिण तर्फ गाडीको यात्रापछि पुगिन्छ, पाण्डवेश्वर महादेव मन्दिर । चुरे पहाडको काखमा रहेको मन्दिर। सालसहितका रुखहरुले भरिएको डाँडा। त्यसमाथिपौराणीक इतिहास बोकेको मन्दिर। त्यसको माथिल्लो क्षेत्रमा अग्लो त्रिशूल।
पाँच पाण्डवले वनबासको क्रममा यहाँ आएर तपस्या गर्नका लागि स्थापना गरेको मन्दिर भएकाले यसको नाम पाण्डवेश्वर महादेव रहन गएको भनाई छ। पाण्डवहरुले स्थापना गरेका मूर्तिहरु अहिले पनि रहेको मन्दिरका पूजारीले बताए।
उनीहरुले स्थपना गरेका शिवको मूर्ति, शिवलिंग, विष्णुपादुका, गाईका पाइला तथा गंगा र यमुना नदीका घेरा अहिले पनि देखिन्छन् । यहाँ रहेको अलौकिक साजको वृक्षको महत्व पनि बेग्लै छ । पाण्डवले ज्योतिर्लिंग स्थापना गरेयता सो रुख जस्ताको त्यस्तै रहेको बताइन्छ ।
पाण्डवले यहाँ बसेर तपस्या गरी मूर्तिमा शक्ति स्थापना गरेर स्वर्गद्वारी गइ होम यज्ञ गरेको मान्यता रहीआएको छ। पाण्डवेश्वर मन्दिरमा शिवरात्रिका बेला हरेक वर्ष मेला लाग्ने गर्दछ।
बालाचर्तुदशी, साउनमहिना, हरेक सोमबार तथा अरु विभिन्नअवसरमादर्शनार्थीको भिड लाग्ने गरेको छ। यस्तै अरु बेलामा पनि देशका विभिन्न ठाउँबाट मन्दिरसहित अग्लो त्रिशूल हेर्नका लागि आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
त्रिशूलनिर्माणका लागि सातहजार ७ सय १८ किलो फलाम प्रयोग भएको छ। यस्तै दुई सय २६ किलो तामा, दुई सय पाँचकिलो तामा तथा १० किलो कासबाट यो त्रिशूलनिर्माण गरिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जनाएको छ। त्रिशूल रहेको ठाउँबाट माथितिर चुरे पहाड तथा तल फाँट अनि घोराही बजार देखिन्छ।