दुर्घटनामा दाजुभाइको मृत्यु

फाइल तस्बिर

नेपालगञ्ज – ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । राप्तीसोनारी–७, फत्तेपुरमा रहेको राधाकृष्ण मन्दिर चोक नजिकै भे १ त २९०१ नम्बरको ट्याक्टर र म २ प ७०३४ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा रहेका दाजुभाइ (दाइभाइका छोरा) २४ वर्षको सुमनकुमार थारु र १५ वर्षका सन्जीव धम्लहवाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक फरार भएका छन् ।

विज्ञापन

इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर विसीका अनुसार, शुक्रबार राती साढे दुई बजे दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै घाइतेलाई उपचारका लागि नेपालगञ्ज नर्सिङहोम ल्याइएको थियो । तर, अस्पताल नपुग्दै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको शव नर्सिङहोममा रहेको छ । शवलाई भेरी अस्पतालमा लगेर पोष्टमार्टम गरी आफन्तले लैजाने तयारी गरेका छन् ।

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्