अन्तर्वार्ता

‘बोता’ छोटो समयमै कसरी लोकप्रिय बन्यो?

‘बोता’ छोटो समयमै कसरी लोकप्रिय बन्यो?

स्थापनाको छोटो समयमै बोता फुड एण्ड रेष्टुरेन्टले राजधानीमा लोकप्रियता हासिल गरेको छ । मःमका विभिन्न परिकारहरुका साथै अन्य स्वादीष्ट परिकारका लागि बोता ग्राहकको रोजाइमा पर्न सफल छ । बोता रेष्टुरेन्टका अप्रेशन इन्चार्ज विजिन प्रधानसँग देश सञ्चारकी पूर्णिमा बिकले गरेको कुराकानी ।

बोताको अर्थ के हो ?

बोता ‘पातबाट बनेको एक प्रकारको टपरी’ हो। हाम्रो नेवारी कल्चरमा बोतामा पूजामा प्रयोग हुने सामग्री राख्ने गरिन्छ। जसरी भगवानलाई खुशी पार्न हामी बोतामा सबै सामग्री मिलाएर पूजा गछौँ।

त्यसरी नै हामीले ग्राहकका लागि भनेर बोतामा परिकारहरु पस्कने गर्छाैँ । ग्राहक पनि हाम्रो भगवान सरह नै हुन् भनेर हामीले बोता लोगोसँगै त्यसको ‘मोटो’ पनि ‘अथिति देवो भवः’ राख्यौँ।

बोताको सुरुवात कसरी भयो ?

आजभन्दा ६ वर्ष अगाडि हाम्रो बि एण्ड डी भन्ने क्याफे थियो। जुन महाराजगंजमा छ । जहाँ फरक–फरक परिकारका खानेकुरा उपलब्ध गराउँछौ। उक्त क्याफेको सञ्चालनका क्रममा हाम्रो फाउण्डर निबेन अमात्यले के कन्सेप्ट क्याच गर्नुभयो भने ग्राहकले जुनसुकै खानेकुरा अर्डर गर्दा पनि त्यो सँगै मःम पनि अर्डर गर्थे।

सोहि कुरालाई उहाँले व्यवसायको बाटो दिने विचार गर्नुभयो। नेपाली ग्राहकले अरु खानेकुरा खाए पनि बढि मःम रुचाउने रहेछन् भन्ने पनि पत्ता लगाए र त्यस सम्बन्धी महिनाैँ मःम रेसिपिहरु फरक तरिकाले बनायौँ र बोताको नामबाट सञ्चालनमा ल्यायौँ ।

बोतामा मःम मात्रै पाइन्छ कि अरु परिकार पनि ?

बोता रेष्टुरेन्टमा मःमका थरी–थरी परिकारका साथै विभिन्न नेवारी परिकारहरु, भेज तथा ननभेज आइटम लगायतका सबै खानेकुराहरु पाइन्छन्। यसका साथै विदेशी परिकारहरु पनि पाइन्छन् । हामीले भेज तथा ननभेज ग्राहकहरुलाई समान परिकारहरु राखेका छौँ ।

गुणस्तरमा कत्तिको ध्यान दिनु भएको छ ?

हामीले गुणस्तरमा कुनै सम्झौता गरेका छैनौँ। हामीले विशेष तीन कुरामा ध्यान दिन्छौ, राम्रो सर्भिस, गुणस्तर र हाइजिन। ग्राहकहरुको स्वास्थ्यमा कुनै असर नहोस् भनेर गुणस्तरयुक्त खाना, राम्रो सेवा र राम्रो सप्लार्यस मार्फत चाहिने सामग्री मगाउने गछौँ।

यस्तै हामीले ‘थ्री लेयर अफ प्रोटेक्सन’ मःमलाई उपलब्ध गराउँछाैँ। सल्टर हाउसबाट आउने मिट आइटमहरुलाई सफा गछौँ, र फूडपेकलाई सबै मेजल गराएर कस्तो छ खाना के छ सबै चेक गराएर प्रक्रियाका लागि लैजान्छाैँ।

त्यो बाहेक हाम्रो एउटा फ्रीजिङ माइनस ४ डिग्रीमा हालेर सेकेण्ड ले अफ प्रोटेक्सन गर्छाैँ। जसले सबै ब्याकटेरियालाई नास गर्छ। र तेस्रो लेयरमा प्रोटेक्शन छ जुन हिटिङ हो। बोतामा पाइने सबै परिकारहरु गुणस्तर र हाइजेनिक छ। यो बायोडिग्रेटेबल प्रोडक्ट हुनुका साथै वातावरणमैत्री पनि छ।

बोताको माहोल कस्तो छ ? 

हाम्रो बोतामा विभिन्न प्रकारका ग्राहकहरु आउनु हुन्छ। विशेष बोताको माहोल पारिवारिक छ। हाम्रा ग्राहकहरु प्राय परिवारसहित आउने, विद्यार्थी, अफिस वर्कर रहेका छन्। हामीले बच्चाहरुका लागि खेल्ने छुट्टै ठाँउ बनाएका छौँ या भनौँ सबै रमाउन सक्ने बोतालाई बनाएका छाैँ।

हाम्रो फाउण्डरले बोता राख्नुको अर्को के कारण छ भने अहिलेका युवापुस्ताहरु बाहिर जानेक्रम दिनप्रति दिन बढ्दै गएको छ। उनीहरु आफै पनि विदेश पढेका हुन्। तर उनको सोच के थियो भने विदेश पढे पनि या काम गरे पनि व्यवसाय भने आफ्नै देशमा गर्नुपर्छ। ज्सका कारणले उनले बोताको सुरुवात गरे।

कुन–कुन ठाउँमा कति वटा आउटलेट रहेका छन ?

साढे तिन वर्षमा लगभग १४ आउटलेटहरु सञ्चालनमा ल्याएका छाैँ। जसमा ८ वटा प्रशनल आउटलेट छन्। जुन कमलपोखरी, चोचे, कुमारीपाटी, अनामनगर कालिमाटी, कौशलटार, महाराजगञ्ज, पुलचोक, रहेका छन्।

जसमा ६ वटा फ्रन्चाइजहरु छन्। यसका साथै हाम्रो सेन्ट्रल किचन छ, जसमा मःम, लगायतका विभिन्न प्रकारका खानेकुराका आइटमहरु उपलब्ध गराउँछाैँ। र अन्य पाँच वटा पनि सुरु हुँदैछन्। त्यो बाहेक अहिले हाम्रो अप्रेशनमा बोता बौद्ध क्रममा रहेको छ।

मूल्यको कसरी निर्धारण गर्नु भएको छ ?

हामीले सबै ग्राहकहरुलाई मध्यनजर गरेर पायक पर्ने मूल्य राखेका छौँ। ग्राहकवर्गहरुले आफूले एर्फोड गर्न सक्ने खानेकुरा अर्डर गर्न सक्नुहुन्छ।

कतिले रोजगार पाएका छन् ?

अहिलेको समयमा कुरा गर्नु पर्दा समग्रमा हामीसँग दुई सय ५० जना कामदार रहेका छन् ।

सुविधा के–के छन् ?

हामीले बोतामा आउने ग्राहकहरुलाई मात्र सेवा सुविधा नदिएर घरमा बसेका ग्राहकहरुलाई पनि सेवा सुविधा दिने गरेका छौँ । बोताका परिकारहरु चाख्न चाहने ग्राहकहरुले घरमा नै बसेर बोताको अनलाइन पार्टनर फुडमान्डु र भोजडिल मार्फत अर्डर गर्न सक्छन्।

यस्तै महिला सशक्तिकरणका लागि बुधबार महिलावर्गलाई १० प्रतिशतको पनि छुटको व्यवस्था छ।

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू