भारतले नेपालसँग बखेडा झिकेर निहुँ खोज्नुको कुनै तुक छैनः मन्त्री भट्टराई

फाइल तस्बिर

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सीमाबारे भारतले बखेडा झिकेर छिमेकी नेपालसँग निहुँ खोज्नुको कुनै तुक नरहेको बताएका छन् ।

उनले लिम्पीयाधुराबाट उत्पत्ती भएको काली नदी नै नेपाल र भारतको सीमा नदी हो भन्ने कुरा ऐतिहासिक तथ्य, प्रमाण, कागजात र जीवित मानिसहरुका भनाईबाट प्रस्ट हुने दाबी गरेका छन् ।

विज्ञापन

‘यसमा भारतले बखेडा खडा गरेर छिमेकीसँग निहुँ खोज्नुको कुनै तुक छैन । भारत पछि हटेर छिमेकीसँगको सम्बन्धलाई न्यानोपन दिनु नै राम्रो हुन्छ’, मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, ‘नेपालले छोड्ने कुरै आउँदैन । सिंगो नेपाल एक छ ।’

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्