‘देश भौगोलिक रुपमा एकीकरण भए पनि भावनात्मक रुपमा एकीकरण हुन सकेन’

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले देश भौगोलिक रुपमा एकीकरण भएपनि भावनात्मक रुपमा एकिकरण हुन नसकेको बताएका छन्।

जनकपुरधाममा जारी नेपाल साहित्य महोत्सवमा भएको छलफलमा बोल्दै मुख्यमन्त्री राउतले यस्ताे बताएका हुन्। संघ सरकारको दोहाेरो व्यवहारका कारण आफूहरु नेपाली हो कि होइन भन्नेमा शंका रहेकोसमेत बताए।

विज्ञापन

सात प्रदेश मध्ये प्रदेश २ मा नेकपाको सरकार नरहेकोले संघ सरकारले सबै प्रदेशलाई समान व्यवहार नगरेको मुख्यमन्त्री राउतले आरोप लगाए। उनले बजेट उपलब्ध गराउने देखि लिएर विभिन्न सेवा सुविधामा प्रदेश–२ सँग संघ सरकारले बेइमानी गरेको गुनासाे गरे।

उनले भने, ‘मैले अमेरिका जानको लागि राहदानी बनाउने प्रकृया अगाडि बढाएको छु। मेरो बन्न सकेन तर शेरधन राई लगायत अन्य मुख्यमन्त्रीहरु कयाैँ पटक विदेश भ्रमण गरेर आइसके। के यो असमान व्यवहार होइन?’

उनले अन्य प्रदेशको पीडा पनि प्रदेश २ काे जस्तै भएपनि सबैमा नेकपाकै सरकार रहेकोले अरु बन्द कोठा भित्र मात्रै बोलेको तर आफू मञ्चमा समेत बोल्दै आएका बताए।

कार्तिक २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्