रियल मड्रिडको शानदार जित, टक्कर बार्सिलोनासँग

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले एइबरलाई ४–० ले पराजित गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको रियल मड्रिडले दोस्रो हाफमा थप एक गोल गरेको हो । रियल मड्रिडका लागि करिम बेन्जिमाले १७ र २९ औँ मिनेटमा गोल गरे ।

बेन्जिमाले २९ औँ मिनेटमा पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्नु अघि पाएको पेनाल्टीमा सर्जियो रामोसले २० औँ मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफमा ३–० को अग्रता लिएको रियल मड्रिडका लागि ६१ औँ मिनेटमा फेदेरिको भाल्भेर्दीले गोल गर्दै ४–० को जित दिलाए ।

जितपछि १२ खेलबाट २५ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानमा पुगेको बार्सिलोनाको पनि समान २५ अंक नै छ तर रियल मड्रिड गोल अन्तरमा पछि परेको हो ।

कात्तिक २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्