अस्ट्रेलियाको जंगल क्षेत्रमा भीषण आगलागी, कम्तिमा तीनजनाको मृत्यु

अस्ट्रेलियामा जंगल आसपासको झाडीयुक्त क्षेत्रमा फैलिएको भीषण आगलागीका कारण कम्तिमा तीनजनाको मृत्यु भएको छ । अरु चारजना हराइरहेका छन् ।

गएको शुक्रबारदेखि जंगल आसपासको क्षेत्रमा फैलिएको भीषण आगलागीका कारण त्यहाँ आपतकालीन अवस्था सिर्जना भएको छ । सरकारी अधिकारीले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताएका छन् ।

अहिले अस्ट्रेलियामा १०० भन्दा बढी डढेलो सक्रिय छन् । नियन्त्रणमा लिनका लागि १३ सय अग्निनियन्त्रक खटिएका छन् । अग्निनियन्त्रकलाई सहयोग गर्नका लागि सेना खटाउन सकिने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

आगलागीका कारण क्वीन्सल्याण्ड र न्यू साउथ वेल्सको क्षेत्र बढी प्रभावित भएको छ । आगो नियन्त्रणमा लिनका लागि सयौँ सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् ।

कात्तिक २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्