मुर्मा गाउँ।
फोटो फिचर

रारा ताल पल्तिरको गाउँ, मुर्मा

राराको जिल्लाका रुपमा परिचित मुगु । रारा ताल पुग्नेहरुका लागि त्यसक्रममा छिचोल्नु पर्ने बस्तीको स्मरण होला–नहोला तर वर्षौँसम्म राराको स्मृति रहिरहन्छ । र त्यो स्मृति रोमाञ्चक बनाउने खालकै हुन्छ अधिकांश रुपमा ।

सुन्दर रारासँगैका बस्तीहरु र त्यहाँका मानिसको दैनिकी बिस्तारै ओझेल पर्दै जान्छ । अझ राराको पल्लोपट्टिको बस्तीको सम्झना त कमैलाई हुन्छ होला । यस्तै एक गाउँ हो, मुर्मा । छायानाथ रारा नगरपालिका–९ मा पर्ने मुर्मा गाउँ ।

राराबाट केही पर रहेको यो गाउँ नरपालिकाका अरु गाउँ–बस्तीबाट भिन्न बसेको छ । यहाँका बासिन्दाको दैनिकी आफ्नै खेतबारी र बस्तीमा केन्द्रित छ । पहाडले घेरिएको यो बस्तीमा झण्डै ८० घरधुरी छ । यो बस्तीमा झण्डै ५०० जना छन् ।

बालबालिका खेल्दै गरेका, महिलाहरु काम गर्दै गरेका, कोही हुक्का तान्दै गरेको । पुरुषहरु पनि आ–आफ्नै काममा व्यस्त । मुर्माका अधिकांशको बारीमा अहिले सलगम छ । त्यो उनीहरु खान्छन् र घरमा पालिएका घोडालाई पनि खुवाउँछन् । मुर्माका अधिकांशको घरमा घोडा छ । प्रायः सबै घोडसवारी गर्छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले मुर्मा गाउँको दैनिकीलाई केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन्।

मुर्मा गाउँ।
कार्तिक २४, २०७६ मा प्रकाशित