राज्यमन्त्री रावलद्वारा राजीनामा

धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । आइतबार रावलले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् ।

ठगी सँगै कागज किर्ते गरेको आरोपमा रावलसहित २९ जनाका नाममा साउन ७ गते कञ्चनपुर अदालतमा मुद्धा परेको थियो । कलेज स्थापना गरी विद्यार्थीलाई ठगी गरेको आरोपमा राज्यमन्त्री रावल लगायत माथि छ ।

सोही क्रममा यही कार्तिक १९ गते राज्यमन्त्री रावलविरुद्ध परेको उजुरीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको थियो । रावलको सम्पत्ति छानबिनका लागि विभागका एसएसपीसहितको टोली कार्तिक १९ गते कञ्चनपुर पुगेको थियो ।

रावल विरुद्ध विभागमा सम्पत्ति छानबिनका लागि भन्दै छुट्टै उजुरी परेको दावी गरिएको छ । महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावलसहितका ३६ जना विरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात किर्ते गरेको मुद्दा समेत परेको छ ।

अदालतका अनुसार जनज्योति बहुमुखी क्याम्पसको सेयर वापतको करिब १६ करोड रकम ठगी भएको भन्दै राज्यमन्त्री रावलसहित ३६ जना विरुद्ध मुद्दा दायर भएको हो । रावल जनज्योती बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत हुन् ।

अदालतका शाखा अधिकृत नवराज पाण्डेका अनुसार भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी समेत गरी १० जनाले साउन ७ गते राज्यमन्त्री रावलसहितका ३६ जना विरुद्ध ठगी र कागज किर्ते गरेको सम्बन्धी मुद्दा दर्ता गरेका छन् । रावल हाल सम्म अदालतमा हाजिर भने भएका थिएनन् ।

राज्य मन्त्री रावलले सुदूरपश्चिमप्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएको उद्योग, प्रयटन, वन तथा वातावरण मन्त्रालयका प्रबक्ता भरतप्रसाद श्रेष्ठले बताए । मुख्यमन्त्री कार्यालय श्रोतका अनुसार रावलको राजीनामा स्वीकृत भइसकेको छ ।

कात्तिक २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्