कालापानी मिचेको भारतीय नक्साबिरुद्ध वीरगञ्जमा पनि प्रदर्शन

‘सीमा मिच्‍न पाँइदैन, स्वार्थी छिमेकी चाहिँदैन’

पर्सा- भारतले जारी गरेको नक्साको बिरुद्ध सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन अनेरास्ववियू पर्सा र देश बनाउ समितिले आईतबार बिरगञ्जमा बिरोध प्रदर्शन गरेको छ।

भारतले नेपाली भुमि आफनो नक्सामा पारेको भन्दै दुबैले भारत बिरोधी नारा लगाउदै बिरोध प्रदर्शन गरेका हुन।भारतले जारी गरेको नक्सामा ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत नेपाली भूमि समावेश गरेको भन्दै अनेरास्वबियु पर्सा र देश बनाउ समितिले नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेको हो।

बिरगञ्जको घण्टाघरमा भेला भएर रयाली निकाल्दै अनेरास्वबियुका बिधार्थीहरुले भारतीय नक्साको बिरोधमा नाराबाजी गर्दै भारतीय महावाणिज्य दुतावास अगाडि गएर बिरोध प्रदर्शन गरेका थिए।

उनीहरुले ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित नेपाली भूमि फिर्ता गर,नेपालप्रति भारतको गिदे नजर बन्द गर, भारतीय प्रधानमन्त्री मुर्दावाद ,छिमेकी शत्रु चाहिदैन, ,नेपाली जग्गा मिच्न पाइदैन ,नेपालको जग्गा फिर्ता गर लगायत नारा लगाएका थिए।

बिरोध प्रदर्शनमा अनेरास्ववीयुका हेमन्त तामांग, संदिप यादव ,बिबेक साह,रामबाबु मण्डल, सिता पटेल लगायतको सहभागिता रहेको थियो ।यस्तै महमुद अन्सारीको नेतृत्वमा देश बनाउ सँघर्ष समितिले पनिसँगै दुतावासको अगाडि बिरोध प्रदर्शन गरेको थियो।

कात्तिक २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्