म्यानचेस्टर युनाइटेडले गर्‍यो सिजनकै उत्कृष्ट प्रदर्शन

म्यानचेस्टर युनाइटेडले यो सिजनकै उत्कृष्ट प्रदर्शन गरेको छ, कम्तिमा उसका प्रशिक्षकको भनाईमा। म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा ब्राइटनलाई ३–१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा ओल गुनार सोल्सकेएरको टिम युनाइटेटडले घरेलु मैदानमा भएको खेलमा जित निकालेको हो । पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा थप एक गोल गरेर एक गोल खायो ।

पहिलो हाफमा भएका दुई गोल मध्ये एउटा उपहार गोल थियो । १६ औँ मिनेटमा आन्द्रेस परेराले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । १९ औँ मिनेटमा ब्राइटनका डेभी प्रपरले आत्मघाती गोल गरे ।

६४ औँ मिनेटमा लुइस डंकले ब्राइटनका लागि एक गोल फर्काए । त्यसको दुई मिनेटपछि मार्कस राशफोर्डले युनाइटेडका लागि गोल गरे र टिम ३–१ ले विजयी भयो । जितपछि १२ खेलबाट १६ अंक जोडेको युनाइटेड सातौँ स्थानमा पुगेको छ ।

आइतबार राति नै भएको खेलमा एस्टन भिल्लालाई २–१ ले पराजित गरेको वुल्भ्सको पनि १२ खेलबाट १६ अंक नै भएको छ र उ आठौँ स्थानमा उक्लिएको छ ।

कात्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्