पुनः निर्वाचित भएको तीन हप्तामै बोलिभियाका राष्ट्रपतिले दिए राजीनामा

बोलिभियाका राष्ट्रपति एभो मोरालेसले राजीनामा दिएका छन् । गएको महिना भएको चुनावमा पुनः निर्वाचित भएपछि भएको राजनीतिक उथल–पुथल र प्रदर्शनका कारण मोरालेसले राष्ट्रपतिबाट राजीनामा दिएका हुन् ।

आइतबार अन्तर्राष्ट्रिय परिवेक्षकले गएको अक्टोबर २० मा भएको चुनावको नतिजालाई रद्द गर्नु पर्ने बताए । सो चुनावमा स्पष्ट रुपमा धाँधली भएको देखिएको उनीहरुले बताएका हुन् । मोरालेस परिवेक्षकको निष्कर्षसँग सहमत भए र राजीनामाको घोषणा गरे ।

नयाँ चुनावका लागि मार्ग प्रसस्त गर्नका लागि उनले राजीनामा दिएका हुन् । त्यसअघि निर्वाचन आयोगमा फेरबदल हुनेछ । राजनीतिज्ञ र सेना तथा प्रहरीका प्रमुखले भने मोरालेसलाई पद त्याग गर्न भनेका थिए । तर उनले राजीनामा दिएर अर्को चुनाव गराउने बताएका हुन् ।

गएको चुनावमा उनी विजयी भएको घोषणा भएसँगै प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीले मोरालेसका सहयोगी नेताहरुको घरमा समेत आगजनी गरेको बताइन्छ ।

टेलिभिजन सम्बोधनमा मोरालेसले प्रदर्शनकारीलाई शान्त हुन र दाजुभाइ–दिदीबहिनीको घरमा आक्रमण गर्न रोक्न आग्रह गरेका छन् ।

उपराष्ट्रपति अल्भारो गार्सिया लिनेरा र सिनेटका अध्यक्ष एड्रिएना साल्भाटिएराले समेत राजीनामा दिएका छन् । उनीहरुले राजीनामा घोषणा गरेसँगै प्रदर्शनकारीले खुशीयाली मनाएका छन् ।

कात्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्