चराविद डा. हेमसागर बरालको बाघ सम्बम्धी पुस्तक ‘पाटेबाघ’ सार्वजनिक

काठमाडौँ – चराविदले लेखेको बाघ सम्बन्धी पुस्तक सार्वजनिक भएको छ । चराका विषयमा विस्तृत अध्ययन गरेका र त्यसमै क्रियाशिल रहेका चराविद डा. हेमसागर बरालले लेखेको बाघ सम्बन्धी पुस्तक पाटेबाघ आइतबार सार्वजनिक भएको हो ।

नेपालीमा लेखिएको पहिलो पुस्तकमा आफूले बाघको उत्पतीदेखि त्यससँग जोडिएका मिथक र तत्थ्यहरु प्रस्तुत गरेको डा. बरालले बताएका छन् ।

चराविद भए पनि आफूलाई बाघका बारेमा जानकारी रहेकाले पूर्ण रुपमा नयाँ या थाहा नै नभएको विषयमा पुस्तक नलेखेको उनले बताए ।

आफ्नो लामो कार्यकालमा बाघसँग नजिक हुने र बाघलाई चिन्ने अवसर पाएकाले त्यसलाई नै सबैलाई सजिलो होस् भन्ने ध्येयले नेपालीमा सरल भाषाको प्रयोग गरेर पुस्तक तयार पारेको उनले जानकारी दिएका थिए ।

पुस्तकका बारेमा बोल्दै वरिष्ठ बाघ विज्ञ डा. झमक कार्कीले डा. बरालको मेहनत र आफूले थाहा पाएका तथा खोजेका विषयवस्तुलाई सुन्दर तवरले प्रस्तुत गर्न सफल भएको बताए । यो पुस्तक बाघका बारेमा जान्न चाहने जो कोहीका लागि उपयुक्त हुने उनले बताएका थिए ।

कात्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्