डा. रुपज्योतिलाई पक्राउ गरेकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण

रुपज्योती

काठमाडौँ – नेपाल उद्योग–वाणिज्य महासंघले व्यवसायी डा. रुपज्योति पक्राउ परेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आइतबार विज्ञप्ति निकालेर पक्राउको घटनाले लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्ने उल्लेख गरेको छ ।

महासंघको आइतबार बसेको स्थायी समिति बैठकपछि विज्ञप्ति जारी भएको हो । स्थायी समिति बैठक सकिएपछि महासंघको प्रतिनिधीमण्डल ज्योतिलाई भेट्न महानगरीय प्रहरी वृत्त दरबारमार्ग गएका थिए । महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल, किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठ डा. रुपज्योतिलाई भेट्न गएका थिए ।

डा. रुपज्योतिलाई भेट्न गएका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने, ‘हामी उहाँप्रति ऐक्यबद्धता व्यक्त गर्न भएका हौँ । सामान्य तारेखमा छोडे हुने केसमा फेरि थुनामा राख्यो । यस्तो व्यवहारले काम गर्न गाह्रो अवस्थामा सिर्जना भएको छ ।’

उद्योगी–व्यवसायीमाथि हुने यस्ता गतिविधिले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । व्यवसायीलाई राज्यका सबै निकायबाट कानूनी शासनको अवधारणा अनुसार सम्मानजनक व्यवहारको माग पनि महासंघले गरेको छ ।

कात्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्