डा. केसीको अनसनलाई लिएर डडेल्धुरामा तनाव, सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याउने प्रयास

डा. गोविन्द केसी अनशनका क्रममा। फाइल तस्बिर।

काठमाडौँ – अनसनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगिसकेको तर डा. केसीले उपचारका लागि अन्यत्र जान नमानेको बताए ।

डा. केसी अनसन बसेको क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । डडेल्धुरा अस्पतालले डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको र थप उपचारका लागि अन्यत्र लैजानुपर्ने भन्दै आइतबार साँझ नै विज्ञप्ति जारी गरेको थियो ।

तर डा. केसीले उपचारका लागि नजाने अडान लिएका छन् । प्रहरीले जबरजस्ती गर्न खोजेको भन्दै डा. गोविन्द केसीका समथर्कहरु सडकमा उत्रेका छन् । स्थिति असामान्य बन्न नदिन प्रयास गरिरहेकाे प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

कार्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू