फोटो फिचर

हिमा नदीको काठे पुल र कलात्मक मूर्तिहरु

जुम्ला – जुम्लालाई खस भाषाको उत्पति भएको उपत्यका सिञ्जाको जिल्ला भनेर चिनिन्छ । त्यहिँ फल्छ मार्सी धान । स्याउले पनि जुम्लाको पहिचान बनाएको छ । ओखर, जिम्बु लगायतका उत्पादनले पनि जुम्लालाई चिनाउँछ ।

जुम्लाको अर्को परिचय हो, काठका पुल र ती पुलमा बनाइएका मुर्तिहरु । हिमा गाउँपालिका–७ हुँदै बगेको हिमा नदीमाथि बनाइएको काठको पुलमा कलात्मकता देखिन्छ ।

पुलको वारीपारी स्वर्गीय राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह र उनका मन्त्री गार्ड लगायतका बनाइएको छ । ती मूर्तिहरु कालो तिरुवाले बनाएको उल्लेख गरिएको छ ।

सिञ्जा हुँदै बग्दै आएको हिमा नदी कालिकोटको नाग्ममा पुगेर तिला नदीमा मिसिन्छ अनि बन्छ तिला कर्णाली । सोही हिमा नदीमा बनाइएको काठे पुल र त्यहाँ मूर्तिहरुलाई देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले केही तस्बिरमा समेटेकी छन् ।

कार्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू