सुनको मूल्य फेरि बढ्यो, आज कति छ तोलाको?

काठमाडौँ–सुनको मूल्य सोमबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य सोमबार दुई सय रुपैयाँले बढेर ७१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ७० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

कार्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्