निशान छापमा अंकित नेपालको नक्साबाटै कालापानी गायब

काठमाडौँ – नेपालको निशान छापमा रहेको नक्सामै कालापानी नरहेको कुरा संसदीय समितिमा उठेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा नेकपाका सांसद नवराज सिलवालले नेपालको निशान छापमा रहेको नक्सामै कालापानी नरहेको बताएका हुन् ।

भारतले पछिल्लो पटक सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समावेश भएको विषयमा छलफल गर्न राज्य व्यवस्था समितिको बैठक बोलाइएको थियो ।

सो बैठकमा सांसद सिलवालले देशको आधिकारिक निशान छापमै कालापानी गायब भएको भन्दै त्यसमा जवाफ मागेका छन् । संविधानको अनुसूचि–३ मा निशान छापको व्यवस्था गरिएको छ । तर त्यसमा कालापानी नै गायब हुनु गम्भीर रहेको सांसद सिलवालले बताए ।

कात्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्