२ किलो कोकिनसहित एक ब्राजिलियन पक्राउ, बजार मुल्य ६ करोड रुपैयाँ

काठमाडौँ-  २ केजी एक सय ग्राम प्रतिबन्धित लागु औषध कोकिनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ।

बरामद कोकिनको बजार मुल्य ६ करोड नेपाली रुपैयाँ रहेको जनाइएको छ। प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ६१ वर्षीय नागरिक साजियो टुलाई पक्राउ गरेको हो।

कात्तिक २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्