बङ्गलादेशका राष्ट्रपति आज नेपाल भ्रमणमा आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ – बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार नेपाल भ्रमणमा आउँदैछन् । चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न १२ः ४५ बजे बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रले जारी गरेको भ्रमण तालिका अनुसार हमिद १२ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् र त्यसपछि उनी केही बेरका लागि म्यारिएट होटलमा जानेछन् आरामका लागी।

उनले आजै भक्तपुर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ भने भोलि राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्नेछन् । भोलि नै उनको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

उनी बिहीबार ११ः३० बजे सेनाको हेलिकोप्टरबाट पोखरा जानेछन् र त्यहाँ फेवाताल पनि जाने कार्यक्रम छ। बिहीबार काठमाडौँ फर्कने उनी शुक्रबार अपरान्ह ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

कात्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्