महाराष्ट्रः शिव सेनासँग ‘दोस्ती’ र ‘दुश्मनी’को दुविधामा अल्झियो कांग्रेस

शिव सेनाले महाराष्ट्रको ‘सेनापति’ बन्नका लागि सोमवार मोदी सरकारमा रहेका आफ्ना एक मात्र मन्त्री अरविन्द सावन्तलाई राजीनामा गरायो । शिव सेनालाई लागिरहेको थियो कि एनडीएबाट अलग भएसँगै उसलाई एनसीपी र कांग्रेसको समर्थन मिल्ने छ उ प्रदेशको सेनापति बन्नेछ ।

अरविन्द सावन्तको राजीनामापछि कांग्रेस र एनसीपीले नयाँ अडान लिए । अर्को तिर महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारीले शिव सेनालाई शोमबार साँझ साढे सात बजेसम्म बहुमतको दाबी लिएर आउन समय दिए ।

समयसिमा घर्क्यो तर कांग्रेसको समर्थन पत्र शिव सेनालाई मिलेन । कुरा यहाँ सम्म चलिसकेको थियो कि उद्धव ठाकरे आफै मुख्यमन्त्री बन्नेछन् । शिव सेनाले राज्यपालसँग् समय बढाउन आग्रह गर्यो तर त्यहाँ पनि निराशा मात्रै हात लाग्यो । आदित्य ठाकरेले अरु दुई दिनको समय मागेका थिए ।

शिव सेना नेता संजय दिउँसोसम्म सेनाका नेता मुख्यमन्त्री हुने घोषणा गरिरहेका थिए तर अचानक उनी बिरामी भएपछि अस्पताल भर्ना गरियो । यसैबीच राज्यपाल कोश्यारीले शरद पवारकाे राष्ट्रवादी कांग्रेस पार्टी अर्थात् एनसीपीलाई सरकार बनाउन आमन्त्रण गरे ।

एनसीपी विधायकको संख्याका हिसाबले प्रदेशमा तेस्रो ठूलो पार्टी हो । तर दोस्रो पार्टी शिव सेना र एनसीपीमा मात्र दुई सिटको अन्तर छ । शिव सेनासँग ५६ विधायक छन् भने एनसीपीसँग ५४ छन् । सरकार गठनका लागि आवश्यक १४५ विधायक आवश्यक पर्छन् जो कसैसँग छैन ।

राज्यपालबाट आमन्त्रण भएपछि एनसीपी नेता नवाब मलिकले भने, ‘राज्यपालले हामीलाइ सरकार गठनका लागि आमन्त्रण गरेका छन्, हामीलाई २४ घण्टाको समय मिलेको छ । कांग्रेस हाम्रो सहयोगी पार्टी हो र हामी सबैभन्दा पहिला उसैँसग कुरा गर्नेछौँ । त्यसपछि केही फैसला गर्नेछौँ ।’

यदि कुनै पनि पार्टी सरकार बनाउन सक्षम नभएमा राज्यपाल राष्ट्रपति शासनको सिफारिश गर्नेछन् ।

राज्यपालबाट थप समय नमिलेपछि आदित्य ठाकरेले भने, ‘हामी कांग्रेस र एनसीपीसँग कुरा गर्नका लागि थप दुईदिनको समय चाहन्थ्यौँ तर मिलेन । हामीले फेरि पनि सरकार गठनको प्रक्रिया छोडेका छैनौँ । हामी दुवै पार्टीसँग कुरा गरिरहेका छौँ । के कुरा हुँदैछ त्यसबारेमा अधिक जानकारी अहिले दिन सक्दैनौँ । ’

शिव सेनामा प्रदेशको सेनापति बन्ने अभिलासा र एनसीपी–कांग्रेसमा बिजेपीलाई बाहिर राख्ने चाहनाका कारण वैचारिक भिन्नताको लकीर शोमबार मेटिँदै गएको देखिन्थ्यो तर कांग्रेसले बाजी पल्टायो ।

कांग्रेस प्रमुख सोनिया गान्धीको निवासमा कांग्रेस कार्य समितिको बैठक बस्यो तर कुनै निर्णय हुन सकेन । शिव सेनालाई बाहिरबाट समर्थन दिने अथवा सरकारमा सहभागी हुनेमा कांग्रेस अनिर्णीत छ । यदि अब तिनै पार्टी मिलेर सरकार गठन गर्न चाहन्छन् भने थोरै समयमा दशकौँको वैचारिक दूरी हटाउन आवश्यक छ ।

कांग्रेसको बैठकपछि पार्टीले बयान जारी गरेर भनेको छ, ‘महाराष्ट्रबारे कांग्रेस कार्य समितिको बैठकमा चर्चा भयो । सोनिया गान्धीले एनसीपी प्रमुख शरद पवारसँग पनि छलफल गरिन् । पार्टीले अझै एनसीपीसँग धेरै कुरा गर्नेछ ।’

शिव सेना प्रमुख उद्धव ठाकरे र शरद पवारका बीच पनि छलफल भयो तर कांग्रेसले समर्थन दिने विषयमा कुनै निर्णय दिएन । तर शिव सेनाको सीएम बन्ने सपना अझै सकिएको छैन । कांग्रेस र एनसीपीले चाहेमा सेनाका उम्मेदवारलाई सीएम बनाउन सक्छन् । शिव सेनाले कांग्रेस सरकारको हिस्सा बनोस भन्ने चाहना राखेको बताइएको छ । शरद पवारको पार्टीले समर्थनको चिट्ठी दिइसकेको थियाे ।

शिव सेना रकांग्रेसको दुविधा र निकटता 

शिव सेना र कांग्रेस सत्तामा कहिल्यै साथ रहेका छैनन् तर थुप्रै मुद्धामा दुवै पार्टी एकसाथ उभिएका छन् । शिव सेना त्यो पार्टीहरु मध्ये एक हो जसले सन १९७५ मा इन्दिरा गान्धीकाे आपतकालको समर्थन गरेको थियो । त्यतिबेला बाल ठाकरेले आपतकाल देशहितमा रहेको बताएका थिए ।

आपातकाल सकिएपछि मुम्बई नगर निगमको चुनाव भयो तर दुवै पार्टीलाई बहुमत मिलेन । यसपछि बाल ठाकरेले मुरली देवडालाई मेयर बनाउन समर्थन दिने फैसला गरेका थिए ।

१९८० मा कांग्रेसलाई फेरि एक पटक शिव सेनाको समर्थन मिल्यो । बाल ठाकरे र सिनियर कांग्रेस नेता अब्दुल रहमान अन्तुलेका बीच राम्रो सम्बन्ध थियो र ठाकरले उनलाई मुख्यमन्त्री बनाउन सहयोग गरे ।

१९८० को दशकमा बिजेपी र शिव सेना दुवै साथ आए तर बाल ठाकरेले खुलेर कांग्रेसको समर्थन गरेनन् । तर २००७ मा एक पटक फेरि राष्ट्रपतिका कांग्रेस उम्मेदबार प्रतिभा देवी सिंह पाटिललाई ठाकरेले समर्थन दिए । उनले बिजेपीका उम्मेदबारलाई समर्थन गरेनन् ।

पाँच वर्षपछि शिव सेनाले कांग्रेसका राष्ट्रपति उम्मेदबार प्रणव मुखर्जीलाई समर्थन दिए । बाल ठाकरेले शरद पवारलाई पीएम बनाउने विषयमा पनि समर्थन दिने घोषणा गरिसकेका थिए ।

कांग्रेस र शिव सेनाको सम्बन्धमा पानी बाराबारको स्थिति भने कहिल्यै भएको छैन । तर मुसलमानका विषयमा शिव सेनाको सोचलाई लिएर भलै कांग्रेसलाई समर्थन दिएपछि सवाल उठ्ला तर कांग्रेसले शिव सेनाको समर्थन लिइरह्यो ।

मिडिया रिपोर्टका अनुसार धेरै कांग्रेसका विधायक शिव सेनासँग मिलेर सरकार बनाउने पक्षमा छन् । यदि तीनवटै पार्टी मिलेमा स्पष्ट बहुमतको सरकार बन्नेछ । यस्तोमा बिजेपी प्रदेशको सबैभन्दा ठूलो पार्टी भएर पनि विपक्षमा बस्न बाध्य हुने छ ।

बिबिसी हिन्दीकाे सहयाेगमा

कात्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्