रौतहटको सीमावर्ती मठिया चौकीमा विस्फोट, एक जना प्रहरी घाइते

फाइल तस्बिर

काठमाडौँ-   रौतहटको  मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । इशनाथ नगरपालिकामा रहेको उक्त प्रहरी चौकीमा विस्फोट हुँदा एक जना प्रहरी जवान घाइते भएका छन्। घाइते हुनेमा सेन्ट्री पोस्टमा रहेका रन्जित यादब छन्।

प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक चन्दनकुमार छन्। भारतीय नम्बरको मोटरसाइकलमा आएका चन्दन पक्राउ परेका हुन्। सोही मोटरसाइकलमा सवार अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ।  मठिया चौकी भारतसँग सिमा जोडिएको क्षेत्रमा पर्छ।

मोटरसाइकलमा आएका दुई जनाको समूहले दिउँसो पौने १ बजे सेन्ट्रीमा रहेका प्रहरीलाई लक्ष्यित गरि सुतली बम प्रहार गरेको प्रहरीले जनाएको छ। घटनास्थलदेखि एक किलोमिटर पर दशगजा क्षेत्र पर्छ।

 

कार्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्