अजय देवगनको चलचित्र ‘मैदान’ चार भाषामा रिजिल हुने

एजेन्सी– आफ्नो ३० वर्ष लामो बलिउड करिअरमा अभिनेता अजय देवगन पहिलो पटक बहुभाषी चलचित्र बनाउँदै छन्। अजयको आगामी चलचित्र ‘मैदान’ हिन्दी भाषाका साथै तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज हुनेछ।

सन् १९५० देखि सन् १९६३ सम्म भारतीय फुटबल टीमकाे कोच रहेका सैयद अब्दुल रहीमको जीवनमा आधारित चलचित्र हिन्दीका साथै तमिल, तेलुगु र मलयालम भाषामा पनि रिलिज गर्ने निर्णय लिइएको हो।

अमित रविन्द्रनाथ शर्माको निर्देशन रहने चलचित्रको शुटिङ उत्तरप्रदेशको लखनऊमा भइरहेको छ। निर्देशक शर्मा भारतीय दर्शकलाई सैयद अब्दुलको योगदानको बारेमा भारतीय दर्शकलाई जानकारी दिन चाहन्छन्।

अब्दुलकाे प्रशिक्षणमा भारतीय फुटबल टीम सन् १९५१ र १९६२ मा एशियन गेम्सको विजेता बनेको थियो।

कात्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्