प्रदेश-१ मा भ्रष्ट्राचार शून्य सहनशीलता अपनाएका छौँ-मुख्‍यमन्त्री राई

काठमाडौं- मुख्यमन्त्री शेरधन राइले सुशासन कायम गर्न प्रदेश-१ मा सरकारले भ्रष्ट्राचारमा शून्य सहनशीलता अपनाएको बताएका छन्।

मंगलबार स्थानीयतहको पदाधिकारीबीच सुशासन सम्वन्धी विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले कुनैपनि कार्यमा भ्रष्टचार गर्ने छुट कसैलाई नहुने प्रस्टाए।

कार्यक्रममा उनले जवाफेदिहिता र पारदर्शितासहित सुशासन आजको आवश्यक्ता भएको स्पस्ट पारेका थिए।

सेवाप्रवाहका क्रममा जनताले सुशासनको अनुभूत गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिदैं उनले भने, विभिन्न नीति निमार्ण, वजेट तथा विकास योजना बनाउदा सुशासनमा ध्यान दिन आवश्यक रहेको बताए।

सोही क्रममा प्रदेश एक सामाजिक विकासमन्त्री जिवन घिमिरेले सुशासनको अभ्यास आफ्नै घर, समाजबाट सुरु गर्नुपर्नेमा जोड दिए।

अमेरिकन दुतावास, नेपाल उद्योग वाणिज्य महासंघ तथा उद्योग संगठनको आयोजनमा सुरु भएको त्रिदिवसीय कार्यक्रममा प्रदेश नं १ र २ का स्थानीय तहका उपप्रमुख तथा स्थानीय तहका प्रतिनिधीको सहभागिता छ।

कात्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्