गोली प्रहार गरी बारामा ४ लाख रुपैयाँ लुटियो

सांकेतिक तस्बिर

वीरगञ्ज– बारामा मंगलबार गोली प्रहार गरी निर्धन उत्थान बैंकका कर्मचारीको साथबाट ४ लाख रुपैयाँ लुटिएको छ।

बाराको प्रसौनी गाउँपालिकामा शाखा रहेको बैंकका कर्मचारी जिवन खड्काको साथबाट मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरी ४ लाख रकम लुटेर लगेकाे प्रहरीले जनाएकाे छ।

‘फेटा गाउँपालिका वडा नम्बर २ जगतपुर टोलबाट बैंकको रकम संकलन गरेर फर्कदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुईजनाले फायरिङ गर्दै ४ लाख रकम लुटेर लगेको’ पीडित खड्काले प्रहरी समक्ष बयान दिएको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए।

गोली कसैलाई नलागेको राठौरले बताए। गोली प्रहार गरी रकम लुट्नेहरुको खोजी भइरहेको उनले बताए।

कार्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्