मोटरसाइकल दुर्घटनामा दाजुको मृत्यु, बहिनी घाइते

फाइल तस्बिर

वीरगञ्ज– पर्साको धोविनी गाउँपालिकामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको घाइते भएका छन्।

दुर्घटनामा धोविनी गाउँपालिकाका ४५ वर्षीय अशोक साहको मृत्यु भएको हो भने सनैना देवी गम्भीर घाइते भएकी छन्। उनीहरु दाजु–बहिनी हुन्।

धोबिनी गाउँपालिका वडा नम्बर ४ बखरीबाट जानकी टोल जाँदै गरेको ना २३ प १५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका कानुको उपचारको लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याउँदै गरेको अवस्थामा बाटोमै ज्यान गएको हो।

घाइते सुनैनाको नारायणी अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए।

कात्तिक २६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्