निदान अस्पतालका सिईओसहित पाँच जना कारागार चलान

मानव बेचविखन अनुसन्धान व्यूरोले आयाेजना गरेकाे पत्रकार सम्मेलन।

काठमाडौँ – नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सहित पाँच जनालाई कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

अस्पतालका सिईओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले कारागार चलान भएका हुन् ।

प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको थियो ।

कार्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्