सुनको मूल्य बढ्यो

काठमाडौँ–साताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार दुई सय रुपैयाँले बढेर ७१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कोरोबार भइरहेको छ भने चाँदी तोलामा आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

कार्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्