फाइनलमा भिड्नुअघि नेपाल अपराजित

काठमाडौँ – बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको पहिलो चरणमा नेपालले सबै खेल जितेको छ।   नेपालले चौथो तथा अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपाल लगातार तीन खेल जित्दै मालदिभ्ससँग भिड्नुअघि नै फाइनलमा पुग्ने निश्चित भएको थियो। नेपाल २५-१४, २५-५ र २५-१३ ले विजयी भयो। नेपाल र माल्दिभ्स बिहीबार उपाधिका लागि भिड्ने छन् ।

कात्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्