घोराही–१६ को अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी

दाङ– घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष पदका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ। वडा अध्यक्ष पदका लागि ७ जना प्रतिस्पर्धीहरुले उमेदवारी दर्ता गराएका छन्।

राजनीतिक दलबाट पाँच जना र स्वतन्त्र उम्मेदवार दुई जना गरी सात जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेशबहादुर केसी, नेपाली कांग्रेसका ताराबहादुर डिसी, सामाजवादी पार्टीका विमला पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसी र मंगोल नेशनलका तर्फबाट पहलमान आले मगरले उमेदवारी दर्ता गराएका छन्।

त्यस्तै जगलाल चौधरी र समिर वलीले स्वतन्त्र उम्मेदवारी दर्ता दिएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए। उम्मेदवारहरु बाजागाजासहित उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

कात्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्