महोत्तरीमा चार स्थानका लागि ४६ जनाको उम्मेदवारी

सांकेतिक तस्बिर

जनकपुरधाम– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि महोत्तरी जिल्लामा रिक्त रहेका चारवटा स्थानका लागि ४६ जनाले उम्मेदवारी दिएका छन्।

महात्तरीमा पिपरा गाउँपालिकाको अध्यक्ष, मटिहानी नगरपालिका वडा नं. ६, बल्वा नगरपालिका वडा नं. २ र ८ मा उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका उम्मेदवारहरुले बुधबार आ–आफ्नो उम्मेदवारी दर्ता गराएको छन्। मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार मनोनयन दर्ता शान्त वातावरणमा भएको छ।

पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि ११ पार्टीले उम्मेदवारी दर्ता गरेका छन् भने नौ जना स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी बल्वा नगरपालिकाको वडा नम्बर २ मा आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै वडा नम्बर ८ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्म भने मटिहानी नगरपालिका वडा नं. ६ मा ६ जनाले मनोनयन दर्ता गराएका छन्।

कार्तिक २७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू