अपराजित नेपाली महिला भलिबल टोलीले आज उपाधिका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – नेपाली टिमले बिहीबार एभिसी सेन्ट्रल जोन महिला भलिबलको उपाधिका लागि माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । अपराजित रुपमा फाइनल पुगेको नेपाली टोलीले बिहीबार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

राउण्ड रोबिन लिग अनुसार भएको प्रतिस्पधाएमा नेपाली टोलीले बुधबार समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले यसअघिका दुई खेलमा पनि जित निकालेको थियो ।

समूह चरणको अन्तिम खेलमा पराजित गरेको टिमसँगै नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र माल्दिभ्सबिचको फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

नेपालसहित यो प्रतियोगितामा बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरेका हुन्।

कात्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्