निजामती कर्मचारीको अनिवार्य अवकासको उमेर हद अबदेखि ६० वर्ष

काठमाडौँ – सरकारी सेवामा रहने कर्मचारीको उमेर हद बढाउने सम्बन्धमा संसदीय समितिमा सहमति जुटेको छ।

निजामती सेवा अन्तर्गत सरकारी सेवामा रहेका कर्मचारीको अवकासको उमेर हद ६० वर्ष बनाउने पक्षमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति गरेको हो । अहिलेसम्म अवकासको उमेर हद ५८ वर्ष रहेको छ ।

निजामती सेवा ऐन २०४९ लाई प्रतिस्धापन गर्न ल्याएको संघीय निजामती ऐन सम्बन्धी विधेयकमा छलफल गर्न बिहीबार बसेको राज्य व्यवस्था समितिको बैठकमा उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउने सहमति भएको हो ।

उमेर हदका सम्बन्धमा विवाद रहँदै आएको थियो । पछिल्लो समय नेपालीको औषत आयु बढेकाले व्यक्ति सक्रिय हुने अवधि पनि लम्बिएकाले उमेर हद बढाउने पक्षमा सहमति जुटेको समितिले जनाएको छ ।

कात्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्