बिहीबार सुनको मूल्य तोलामा ६ सयले बढ्‍यो

काठमाडौँ-यो साता सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ। साताको पाँचौ दिन बिहीबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा छ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै बुधबार ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले बढेर ७१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

कात्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्