एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारतसँग पराजित

फाइल तस्बिर।

काठमाडौँ– बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ। बिहीबार बंगलादेशको ढाकामा भएकाे खेलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको हो।

भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेपालले १ सय ९३ रनको लक्ष्य बनाएको थियो।

नेपालका लागि पवन सर्राफले अर्धशतक पूरा गरे थिए। ४९ बलको सामना गरेका पवनले सात चौका र दुई छक्काको मद्दतमा ५६ रन बनाएका बनाए। यस्तै शरद भेषवाकरले ४४, कुशल भुर्तेलले २८ र दिपेन्द्र सिंह ऐरीले २४ रन जोडे।

नेपाललाई मध्यम स्कोरमा समेट्न भारतका सौरभ डुबेले ४ विकेट, एस राठोडले ३ तथा पर्थ रेखाडेले २ विकेट लिए।

नेपालले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले ४२ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। भारतको जितमा शनबिर सिंहले ५६, अर्मान जाफर ५१, बेलुर रभी सरथले ४९ रन र आर्यन जुएलले २९ रन बनाए।

नेपालका करण केसी, सुशन भारी र ललित नारायण राजवंशीले १/१ विकेट लिए । नेपाल प्रतियोगिताको समूह ‘बी’मा रहेको छ। नेपालले अर्को खेलमा शनिबार हङकङको सामना गर्नेछ।

कार्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्