करेन्ट लागेर दुईजना भारतीय नागरिककाे मृत्यु

सांकेतिक तस्बिर

दमौली– करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा बिहीबार दुई जनाको मृत्यु भएको छ।

निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर दुईजना भारतीय नागरिकको मृत्यु भएको हो।

मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए।

स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्य‌ुत शर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। दुवैको शव दमौली अस्पतालमा राखिएको छ।

कार्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्