अक्षय कुमारको ‘गुड न्यूज’को पोष्टर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमारको आगामी चलचित्र ‘गुड न्यूज’ काे पोष्टर सार्वजनिक गरिएको छ। अक्षय कुमारले ट्वीट गरेर फरक–फरक पोष्टर सार्वजनिक गरेका हुन्।


चलचित्रमा अक्षयका साथै दिलजीत दोसाँझ, करीना कपूर र कियारा आडवाणीको मुख्य अभिनय रहेको छ। चलचित्रमा अक्षय र करीना विवाहित जोडिको रुपमा देखिने छन्।

करण जोहरको धर्मा प्रोडक्शनको व्यानरमा बन्न लागेको चलचित्र ‘गुड न्यूज’ बाट राज मेहता निर्देशकको रुपमा डेब्यु गर्दैछन्। चलचित्र आगामी डिसेम्बर २७ मा रिजिल हुनेछ।

 

कार्तिक २८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्