सी जिनपिङ र मोदीबीच ब्राजिलमा भेट, सीमा सुरक्षाबारे चासोका साथ छलफल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलको राजधानी ब्राजिलियामा चलिरहेको ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका छन् ।

यो भेटमा दुवै नेताहरुबीच सीमा सुरक्षाबारे चासोका साथ छलफल भएको छ । सीमावर्ती क्षेत्रमा शान्ति कायम राख्नका लागि विशेष प्रतिनिधिको बैठक गर्ने विषयमा सी र मोदीबीच छलफल भएको भारतीय सञ्चार माध्यमलले उल्लेख गरेका छन् ।

तर यी दुई नेताबीच कश्मीरका विषयमा भने कुनै छलफल नभएको समाचारहरुमा उल्लेख छ । भेटका क्रममा सीले मोदीलाई चीन भ्रमणको निम्ता समेत दिइका छन् ।

कात्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्