जिप दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौँ  – प्यूठानमा बिहीबार भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिकाको मनभीर भन्ने ठाउँमा – ग २ च ५२४९ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका–२ जोगिमाराकी २५ वर्षीय बिना विक, उनका आठ वर्षीय छोरा आन्न र  स्वर्गद्वारी खालकी ४० वर्षीय नजरी विक रहेका प्रहरीले जनाएको छ।

कार्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्