महाराष्ट्रः मुस्लिमलाई आरक्षण दिन शिव सेना तयार

भारतको महाराष्ट्रमा सरकार गठनका लागि शिव सेना, एनसीपी र कांग्रेसले आफ्नो प्रयास जारी राखेका छन् । इण्डियन एक्सप्रेसको खबर अनुसार शिव सेनाले कांग्रेस र एनसीपीसँग एक बैठक गरेको छ जसमा तीनै दलहरुबीच साझा न्यूनतम कार्यक्रम बनाउने विषयमा छलफल भयो ।

महाराष्ट्रको चुनाव परिणामपछि यी तीन दलहरुको यो पहिलो बैठक थियो ।  त्यसको एक दिन अघि भाजपाका अध्यक्ष अमित शाहले महाराष्ट्रमा सरकार बन्न नसक्नुमा शिव सेनालाई दोषी बताएका थिए ।

शिवसेना, एनसीपी र कांग्रेसको बैठकमा शिव सेनाका विधायक दलका नेता एकनाथ शिन्दे सहभागी थिए । उनले भने कि तीनवटै दलले मिलेर साझा कार्यक्रमको मस्यौदा तयार पारिएको छ र यो मस्यौदा तीनवटै दलका शीर्ष नेताहरुलाई छलफलका लागि दिइनेछ ।

पत्रिकाले अगाडि लेखेको छ कि कांग्रेस र एनसीपीले शिव सेनासँग यो कुरा पक्का गरेका छन् कि उसले शिक्षामा मुस्लिमलाई दिइने पाँच प्रतिशत आरक्षणको विरोध गर्ने छैन । यो नीति कांग्रेस–एनसीपीले आफ्नो पछिल्लो सरकारमा सुरु गरेको थियो तर भाजपा–शिव सेनाको सरकारले यसलाई आफ्नो सरकारमा लागु गरेन ।

कार्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्