‘मिटू’ आरोपबारे अनु मलिकको सार्वजनिक चिठ्ठी

गायक तथा संगीतकार अनु मलिकले आफूमाथि लागेको मिटू आरोपको सार्वजनिक रुपमा खण्डन गरेका छन् । उनले मिटू आरोपको खण्डन गर्दै सामाजिक सञ्जाल ट्विटरमा एक पत्र सार्वजनिक गरेका छन् ।

अनु मलिकले लेखेका छन्, ‘पछिल्लो एक वर्षदेखि म माथि केही यस्ता आरोप लगाइएका छन् जो मैले कहिल्यै गरेको छैन । म यत्रो दिनसम्म चुपचाप बसिरहेँ किनभने म प्रतिक्षा गरिहरको थिए कि सत्य आफै अगाडि आउनेछ । तर मलाई अब महसुस भयो कि मेरो सोझोपनलाई कमजोरी ठानिदैछ । जबदेखि ममाथि यस्तो गलत आरोप लागेको छ तबदेखि मेरो प्रतिष्ठा र मेरो र मेरो परिवारको मानसिक स्वास्थ्यमाथि धेरै नकारात्मक असर परेको छ । यी आरोपहरुले मेरो करियर बर्बाद गरेको छ । म आफैलाई हेल्पलेस, र कमजोर महसुस गरिरहेको छु । ’


उनले अगाडि लेखेका छन्, ‘ यो धेरै लज्जाजनक हो कि जिन्दगीमा मेरो नामसँग यति निच शब्दहरु जोडिएका छन् । यो बारेमा पहिले किन सवाल उठाइएन ? अहिले म टिभिमा फिर्ता भएपछि आरोप लगाइनुको तात्पर्य के हो ? दुई छोरीको बुवा भएको नाताले म त्यो किसिमको काम गर्ने कुरा सोच्न पनि सक्दैन । शो जारी रहन आवश्यक छ तर यो मुस्कान भरिएको चेहराको पछाडि दुःख छ, म अप्ठ्यारोमा छु । कुनै अध्यारोमा छु । बस मलाई न्याय चाहियो ।’

कार्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्