बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

फाइल तस्बिर

जनकपुरधाम– धनुषामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का ४१ वर्षीय गोविन्द साह रहेको धनुषाका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

त्यस्तै मोटरसाइकलमा सवार रहेका धिरेश साह घाइते भएका छन् ।  शुक्रवार बिहान जनकपुरधामबाट विराटनगर जाँदै गरेको बसले लक्ष्मिनिया गाउँपालिका वडा नं. ६ निकालमा ज ९ प ५४६१ नम्बरको मोटरसाइकलमा ठक्कर दिएका थियो ।

कार्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्