पारसलाई ट्वीटरमा फलोब्याक गरे सन्दीपले

काठमाडौँ- लगातारको आलोचनापछि अन्तत सन्दीप लामिछानेले पारस खड्कालाई सामाजिक सन्जाल ट्वीटरमा फलोब्याक गरेका छन्।

केही समयअघि पारसलाई अनफलो गरेको सार्वजनिक भएपछि सन्दीपको आलोचना भएको थियो। सन्दीपले व्यक्तिगत रोजाईको विषय भन्दै त्यसको बचाउ गर्दै आएका थिए।

गत साता त्रिवि क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब-एमसीसिबीच खेल भइरहेका बेला नेपाली समर्थकले ‘पारसलाई फलो गर’ भन्दै सन्दीपविरुद्ध नाराबाजी गरेका थिए।  सन्दीपले अनफलो गरेपनि पारसले भने सन्दीपलाई फलो गरेको देखिएको थियो।

ट्वीटरमा सन्दीपका एक लाख ७६ हजार फलोअर्स छन् भने उनले १९ जनालाई मात्र फलो गरेका छन्।

कार्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्