बरामीलाई उपचार गर्न दुई दिन बोकेर लैजानु पर्ने बाध्याता

सर्केगार्ड-सडक सञ्जाल नजोडिएका हुम्ला जिल्लाका दुर्गमका बस्तीहरुमा बिरामी हुँदा बोकेर लैजानु पर्ने बाध्याता रहेको छ।

स्वास्थ्य चौकीमा उपचार नहुने र बिरामीलाई जिल्ला अस्पतालमा लैजानु पर्ने अबस्था आएपछि दुई दिन बोकेर लैजानु परेको हो।

सर्केगार्ड गाउँपालिकाको वडा नम्बर १ को जैर गाउँकी हस्तकला रोकाया एक हप्ता अगाडिदेखि बिरामी भएको र स्थानीय स्वास्थ्य चौकीमा उपचार नभए पछि जिल्ला अस्पताल लैजान दुई बोकेर लगिएको बिरामीका भान्जा काली बहादुर बुढाले बताए।

सत्तरी बर्षकी बिरामी रोकायालाई दम ब्यथाले च्यापेर अनुहार र शरिर पुरै सुनिएको अवस्थामा बोकिएको छ। जैरबाट सर्केगार्डसम्म आएर एकरात बास बस्नु परेको र पछिल्लो दिन बिरामीलाई सिमकोट पुर्‍याउनेछ। जैरबाट सिमकोसम्म बाटो पनि निक्कै उकालो ओरालो रहेको र दुई जनाले बोकेर सिमकोट लगिएको हो।

बिरामीलाई जिल्ला अस्पतालमा उपचार नभए काठमाडौंसम्म लगिने तयारीका साथ उनीका छोरा नरेन्द्र रोकाया पनि आएका छन्।गाँउमा स्टेचरको ब्यबस्था नहुँदा डोरी लगाएर बिरामीलाई बोकेर लैजानु परेको हो।

हुम्ला जिल्ला सडक सञ्जालसंग नजोडिदाको पिडा हुम्ला बासीले यसरी बेला बेला समस्या भोग्दै आएका छन्। केही समय अगाडी यस्तै चंखेली गाउँपालिका वडा नम्बर २ का बिरामी रत्न टमटालाई पनि साढे दुई दिन लगाएर जिल्ला अस्पतालमा पुर्‍याइएको थियो।

यसअघि सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ की एक जना गर्भवती महिलाको पनि जिल्ला अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो। सडक सञ्जाल नजोडिदासम्म हुम्लाका बिरामीहरुले यो नियति भोगी रहनु पर्ने स्वास्थ्यकर्मी नबिन शाहीले बताए।

कात्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्