मोरङमा हात्ती आतंक, चार घर भत्कायो

मोरङ-मोरङको उर्लावारी नगरपालिका सिलौली-४ मा हात्तीले चार वटा घर भत्काएको छ।

बिहीबार राती सिसौलीस्थित मेघराज थापा, यामबहादुर धिमाल, रीता विक र कविता विकको घर हात्तीले भत्काएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

कार्यालयका प्रहरी निरिक्षक सुवास राईका अनुसार सिसौली नजिकै चारकोशे झाडीबाट रातीको समय तीनवटा हात्तीले गाँउपसेर आतंक मच्चाएको हो।

सो क्रममा हात्तीले भत्किएका घरमा रहेको अन्नपात, चामल, धान खाएको पीडितहरुले बताएकाछन्।

उनीहरुका अनुसार रातीको करिब पौने १२ बजे गाँउ पसेको हात्तीले जस्तापाता र बासको टाँटीले घरेर माटोले लिपिएको एक तल्ले घर भत्काएको हो।

जनपथ तथा सशस्त्र प्रहरी र स्थानीय मिलेर ती तीनवटै हात्तीलाई गाँउबाट टाढा रहेको स्थानीय वक्राह खोला पार गराएको प्रहरी निरीक्षक राईले जानकारी दिए।

कात्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्