तरुण दलले गठन गर्‍यो निर्वाचन परिचालन समिति

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आमागी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ।

शुक्रबार बसेको नेपाल तरुण दलको बैठकले उपाध्यक्ष उत्तम चापागाईको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो।

३७ जिल्लामा हुन लागेको उपनिर्वाचनका लागि गठन गरिएको उक्त समितिमा सम्बन्धित जिल्लाका अध्यक्षहरुलाई सदस्य राखिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए।

साथै तरुण दलले केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङको संयोजकत्वमा केन्द्रीय उपनिर्वाचन अनुगमन समितिसमेत बनाएको छ।

त्यसैगरी सो उपनिर्वाचनमा तरुण दलका सम्बन्धित जिल्ला अध्यक्षहरुलाई उप–निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

कार्तिक २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू