भाजपामा सांसदको विवादास्पद अभिव्यक्ति

‘केन्द्रमा हाम्रो सरकार हुनाले राम मन्दिरको पक्षमा सर्वोच्चको फैसला’

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का एक सांसदको अभिव्यक्तिले विवादको सिर्जना गरेको छ।

अयोध्या विवादका सम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसलाका बारेमा गुजरातको भरुचबाट प्रतिनिधित्व गर्ने भाजपा सांसद मनसुख वसावाको अभिव्यक्तिले विवाद सिर्जना गरेको हो ।

सांसद वसावाले केन्द्रमा भाजपाको सरकार रहेकाले सर्वोच्च अदालतले अयोध्या विवादमा राम मन्दिरको पक्षमा फैसला सुनाएको बताएका हुन् । उनको यो भनाईको कांग्रेस तथा अरु विपक्षी दलले निन्दा गरेका छन् ।

सांसद वसावाले साम्प्रदायिक तनाव फैलाएको आरोप लगाएका छन् । सांसद वसावाले गएको बिहीबार बेलुका भरुचमा भएको कार्यक्रममा राम जन्मभूमि सम्बन्धी मुद्दा निकै पुरानो र भारतको स्वतन्त्रता भन्दा पहिलेदेखि चल्दै आएको बताएका हुन् ।

उनले अघि भनेका थिए, ‘केन्द्रमा भाजपाको सरकार हुनाले सर्वोच्च अदालतले हाम्रो पक्षमा फैसला सुनाउनु पर्‍यो ।’

उनको भाषणाको भिडियो शुक्रबार सामाजिक सञ्जालमा भाइरल भएको हो । तर विवाद बढेपछि सांसद वसावाले आफ्नो भाषणालाई सही सन्दर्भमा प्रयोग नगरिएको बताएका छन् ।

कात्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्