फोटो फिचर

बागमती नदी सफाईमा समर्पित बिहान

काठमाडौँ – बागमती नदी सरसफाई अभियान अन्तर्गत शनिबार बिहान बागमती नदीको थापाथली क्षेत्रमा सरसफाई गरिएको छ । बागमती सरसफाई अभियान र अमेरिकी राजदूतावासको सहकार्यमा शनिबार बिहान सरसफाई भएको हो ।

नदी सरसफाइका लागि नेपाली सेना, सशस्त्र प्रहरीसँगै नेपाल, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका एक्सेज टिचर्स एण्ड एल्मुनाई, इंग्लिस ल्यांग्वेज फेलो, अमेरिकी विज्ञ तथा अमेरिकी दूतावासका कर्मचारीहरु सहभागी थिए ।

‘मर्निङ्ग अफ सर्भिस’ अभियान अन्तर्गत अमेरिकी दूतावाससँग जोडिएका विभिन्न क्षेत्रका व्यक्तिहरु सरसफाई कार्यक्रममा सहभागी भएको जनाइएको छ ।

सहभागीको संख्या १३० भन्दा बढी रहेको उल्लेख गरिएको छ । सहभागीले बागमती नदीबाट विभिन्न फोहोरहरु निकालेका थिए ।

कार्तिक ३०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्